सांसदहरुको नारावाजीपछि १० मिनेटका लागि बैठक स्थगित

काठमाडौ । प्रतिनिधि सभा बैठकमा सरकारका तर्फबाट अध्यादेश पेश भएपछि विरोधमा कांग्रेस र जनता समाजवादी पार्टीले रोस्टम घेर्दै विरोध गरेका छन्। सांसदहरूले असंवैधानिक संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै नाराबाजी समेत गरेका छन्।

कांग्रेस सचेतक बालकृष्ण खाँणले असंवैधानिक अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन्। उक्त मागमा जसपाले पनि समर्थन गर्दै नाराबाजी गरेको छ। सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।
यसअघि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ नेकपाको प्रचण्ड–माधव पक्षले आपत्ति जनाउँदै बैठक कक्षबाट बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie