सर्वोच्च अदालतमा आज मुद्दाको सुनुवाइ नहुने

काठमाडौं : सर्वोच्च अदालतले आज मुद्दाको सुनुवाइ स्थगन गरेको छ । कोरोनाको सम्भावित संक्रमणबाट बच्न अदालतले सुनुवाइ स्थगित गरेको हो । सम्भावित संक्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा छलफल गर्न आज प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक समेत बस्दैछ ।

बैठकले अदालत बन्द गर्ने वा अति आवश्यक बाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । नेपाल बार एशोसिएसनले यसअघि नै विश्वभरी नै कोरोना फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरिसकेको छ ।

बारले कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न अपिल गरेको छ । अदालतसँग धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको संक्रमणको सम्भावना हुने भएकाले सतर्कता अपनाउनुपर्ने बारको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie