सर्वोच्चद्वारा सीमा नाका खोल्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणलाई ध्यान दिँदै बन्द गरिएका सीमा नाका र हवाइ मार्ग खोल्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अधिवक्ता माधवकुमार बस्नेत र मिरा खड्काले सीमा र हवाइ मार्ग बन्द गर्ने सरकारको निर्णय बदर गर्न काम गर्दै दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतको एकल इजलासले आज अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अन्तरिम आदेशबारे थप छलफल गर्न विपक्षीहरु उपस्थित गराउन आदेश दिएको हो । अधिवक्ताद्वयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, राष्ट्रिय मानव अधिकार आयोग, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie