सर्वोच्चको फैसलाले जनताको जित भएको भन्दै प्रचण्डले दिए न्यायाधीशलाई धन्यवाद

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । प्रचण्डले सर्वोच्च अदालतको फैसलाले आम नेपाली जनताको जीत भएको बताएका छन् ।
फैसलालाई ‘इतिहासकै एउटा महत्वपूर्ण परिघटना’ बताउँदै प्रचण्डले नेपाल र नेपाली जनताको जीत भएको बताए । उनले भने, ‘अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको छ

संसद् पुनर्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको भन्दै प्रचण्डले न्यायाधीशहरूलाई धन्यवाद समेत दिएका छन् । उनले भने, ‘उहाँहरुले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो । यसको लागि उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।’

ओलीले ठुलो ऐतिहासिक अवसर पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको प्रचण्डले बताए ।

अब शेरबहादुर देउवाको नेतृत्वमा बन्ने गठबन्धन सरकारले जनताको पक्षमा काम गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । साथै अब देशमा वामपन्थीहरूको एकता र राष्ट्रिय एकतासमेत हुने उनले दाबी गरे ।

तपाईको प्रतिक्रिया

Techie