सर्पको टोकाइबाट एक महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा सर्प दंशबाट एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगर बस्ने २५ वर्षीय प्रमीला बोहराको मृत्यु भएको बताइएको छ ।

बुधबार दिउँसो नजिकैको सामुदायिक बनमा गएको बेला सर्पले डसेपछि अपराह्न उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । यद्यपि उपचारका क्रममा बुधबार साँझ उहाँको मृत्यु भएको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका प्रशासन प्रमुख गोविन्द बहादुर बिष्टले जानकारी दिनुभयो ।

एन्टी स्नेक भेनम औषधी समेत दिई उहाँको उपचारका लागि स्वास्थ्यकर्मीहरूले भरपुर प्रयास गरेपनि अवस्था जटिल भएकोले अन्यत्र पठाउने तयारी गर्दै गर्दा बोहराको ज्यान गएको बिष्टको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie