सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकियो

काठमाडौं : सरकार र नेत्र विक्रम चन्द समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियो ।

वार्तामा दुई पक्षले आ–आफ्नो कुरा राखेर पहिलो चरणको बैठक सकिएको बताइएको छ ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र चन्द समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने सहभागी थिए ।

वार्ता सकारात्मक उन्मूख भएको सरकारी वार्ता टोलीका सदस्यले जानकारी दिएका छन् ।

सरकार र चन्द समूहले मंगलबार मात्र आ-आफ्ना तर्फबाट वार्ता समिति बनाएको घोषणा गरेका थिए । चन्द समूहको वार्ता टोली मंगलबार काठमाडौँ आइपुगेको थियो ।

सरकारले २०७५ फागुन २८ गते चन्द समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२७ फाल्गुन २०७७, बिहीबार १८:५१ २७ फाल्गुन २०७७, बिहीबार १८:५१

काठमाडौ । नेकपा…

२२ माघ २०७७, बिहीबार १५:२३ २२ माघ २०७७, बिहीबार १५:२३

काठमाडौ । नेकपा…

२९ श्रावण २०७७, बिहीबार ०७:२२ २९ श्रावण २०७७, बिहीबार ०७:२२

काठमाडौं : पछिल्लो…

Techie