सरकारी खर्च रोकिएसँगै सेयर बजारमा गिरावट

नेप्से ४० अंकले घट्यो, कारोबार रकम पाँच अर्वमा सीमित

शेयर बजारमा आज पनि गिरावट आएको छ । सरकारी खर्च रोकिएसँगै वित्तीय प्रणालीमा तरलता अभाव हुने र ब्याजदरमा दबाब पर्नसक्ने भएपछि बजार ओरालो लागेको हो । नेप्से ४० दशमलव २६ अंकले घटेर २ हजार ८ सय ८९ अंकमा बन्द भएको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ५ अर्ब ३५ करोड ८० लाख रुपैयाँको १ करोड ५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भयो । नेप्सेमा परेको दबाबले १८ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । कारोबारमा आएका सबै उपसमूह घटेका छन् । बैंकहरुले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकसँग महाँगोमा पैसा उठाइरहेको अवस्थामा सरकारको बजेट पारित नहुँदा खर्च रोकिने र यसले तरलतालाई थप दबाबमा पार्ने भएपछि लगानीकर्ताले विक्री चाप बढाएका छन् । जसको असर परिसूचकमा परेको हो ।

तपाईको प्रतिक्रिया

Techie