सरकारले मास्क अनिवार्य गरेपनि प्रधानमन्त्रीदेखि नेताहरु नै नियम उल्लंघन गर्दै (भिडियोसहित)

काठमाडौं : सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गरेको छ । तर स्वयं नीति निर्माताहरुले नै मास्कको सहि ढंगले प्रयोग गरेका छैनन् । विश्व स्वास्थ्य संगठनले भिडमा जाँदा मास्क लगाउन अनिवार्य भनेको छ तरपनि हाम्रा नीति निर्माताहरु जानेर वा नजानेर, बुझेर वा नबुझेर मास्कको प्रयोगमा हेलचेक्रयाई गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद अन्तर्गतको प्रतिनिधि सभालाई संबोधन गर्दा उनले मास्क लगाएका छैनन् । प्रधानमन्त्री अगाडि रहेको माइकलाई कपडाले ढाकिएको छ । तर राष्ट्रिय सभालाई सम्बोधन गर्दा त झन् न मास्क लगाएका छन् न त माइकलाई छोपिएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रणमा अनियमितता भएको सम्बन्धमा छलफल हुँदा पनि त्यस्तै दृश्य देखियो । बैठकमा सांसद रिजालले मुखमा लगाएको मास्क माइकलाई लाइदिँदै आफुले लगाएपनि हुने अथवा माइकले लगाएपनि हुने भन्ने आसय ब्यक्त गरे । कोरोना संक्रमणबाट जोगिनका लागि मास्कको प्रयोग कति महत्वपूर्ण छ भन्ने कुरालाई नै माननीयहरुले नजरअन्दाज गरेको देखिन्छ ।

संघीय संसद भवनमा सांसदहरु प्रवेश गर्दापनि सांसदहरुले त्यस्तै लापरपाही गरिरहेको देखिन्छ । कतिपय सांसदहरुले चिउँडो मुनि मास्क लगाउने र हातमा हल्लाएर हिंडने दृष्य संसदमा पनि देखिएको छ ।

अनिवार्य मास्क लगाउन सर्वसाधारणलाई निर्देशन दिएको भोलिपल्ट मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा स्वयंले सही ढंगले मास्क लगाएको देखिएन । यी त प्रतिनिधि दृष्य मात्रै हुन् । यी सबै दृष्यले सरकार, सरकारका मन्त्री र सरोकारवाला मन्त्रालय मास्कको प्रयोगबारे गम्भीर छैनन् भन्ने देखाउँछ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१४ जेष्ठ २०७७, बुधबार १२:५३ १४ जेष्ठ २०७७, बुधबार १२:५३

काठमाडौं : आजपनि…

५ जेष्ठ २०७७, सोमबार ०८:५९ ५ जेष्ठ २०७७, सोमबार ०८:५९

काठमाडौं : नेपालमा…

३ जेष्ठ २०७७, शनिबार ०८:०९ ३ जेष्ठ २०७७, शनिबार ०८:०९

काठमाडौं : लामो…

Techie