सरकारले दुई वर्ष पूरा गर्नुपनि एउटा उपलब्धी हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकार स्थापति हुनु ठूलो सफलता भएको बताएका छन् । सरकार दुई बर्ष पुुगेको अवसरमा आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले स्थिर सरकारलाई उपलब्धीको रुपमा उल्लेख गरेका हुन् ।

देशमा एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुपनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने उनको भनाइ थियो । उनले चालु आर्थिक वर्षलाई विकासको आरम्भको वर्षका रूपमा लिएको पनि बताए ।

बलियो जगमा उभिएको सरकार भएकाले काम गर्ने शैली फरक रहेको सरकारको रहेको प्रधानमन्त्री ओलीले बताए । उनले आफ्नो कार्यकालमा नयाँ कानूनको निर्माण भएको, आर्थिक बृद्धिदर बढेको, सडक लगायतका पूर्वाधार निर्माण भएको पनि उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

Techie