सरकारले चलचित्र उद्योगलाई बचाउन आर्थिक सहयोग अनुदान उपलब्ध गराउने

काठमाडौं:  चलचित्र क्षेत्र पूर्ण रुपमा खुल्दै नेपाल सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भए पछि चलचित्र क्षेत्र चलायमान हुने भएको छ । कोरोनाका कारण समस्यामा परेको चलचित्र क्षेत्रका लागि सरकारले बीमा लगायतका सुबिधा उपलब्ध गराउने भएको हो ।

माघ एक गते बिहीबारबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शन हुने भएको छ । यस सँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वाश गरिएको छ । नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर सबै गतिबिधि कामहरु गर्न अनुमति पनि दिएको हो ।

चलचित्र निर्माता संघले सरकारले बीमा, भिपिसी कस्ट,इन्कोडिग कस्ट,प्रचार प्रसार तथा पब्लिसिटिमा आर्थिक अनुदान दिने निर्णय गरेकोमा त्यसको स्वागत गरेको छ । चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय पनि भएको छ ।

सरकारले अहिले रिलिजको तयारीमा रहेका सिनेमाको भिपिसी कस्ट र इङ्कोडिङ्ग कस्ट बापतको रकम पनि तिरिदिने व्यवस्था गरेको छ । यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने बातावरण बनेको पनि संघको भनाइ छ ।

चलचित्र निर्माताहरुले यसै गरि मौद्रिक नीतिमा घोषणा भएको अति प्रभावित क्षेत्रलाई दिने भनेको सहुलियत कर्जा तथा अनुदान कार्यन्वयनमा ल्याउन सरकारसँग माग समेत गरेका छन । अहिले चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यसक्षेत्रमा आश्रीत १ लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बनेको संघको दावी छ । चैत्रदेखि बन्द हल खोल्न भने सरकारले यसअघि नै अनुमति दिइसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie