समयसीमा भित्र भएन हस्ताक्षर फिर्ता

काठमाडौ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन दिएको समयसीमा सकिएको छ । तर नेपाल पक्षले आफ्नो अडान कायम राख्दै ओलीको निर्देशन अनुसार हस्ताक्षर फिर्ता लिएन् । ओलीले पछिल्लो पटकको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमार्फत वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ जना नेताहरुलाई हस्ताक्षर फिर्ताका लागि सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । आफूले दिएको समयसीमाभित्र नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिए पार्टी एकताको आधार नबन्ने घोषणा गरेका थिए । तर नेपाल पक्षले ओलीको निर्देशन अनुसार हस्ताक्षर फिर्ता नलिने अडान कायमै राखेको छ । ओलीले आफ्नो निर्देशन पालना नगर्नेहरु एमाले रहन नसक्ने घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

Techie