सप्तकोसी नदीमा निरन्तर पानीको बहाव बढ्दो, ५६ मध्ये ४६ ढोका खोलिए

काठमाडौं : सप्तकोसी नदीमा निरन्तर पानीको बहाव बढ्दो गतिमा भएपछि खतरा बढ्दै गएको छ । आज बिहान पानीको बहाव तीन लाख ३४ हजार ९ सय ९० प्रतिसेकेन्ड क्युसेक पुगेको छ ।

सोमबार रातिदेखि बढेको पानीको बहाव निरन्तर बढ्दो छ । पानीको बहाव बढेसँगै अहिले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाममध्ये ४६ वटा खुल्ला गरिएको छ ।

पानीको बहाब बढेसँगै कोसी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ । ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति वत्ती बाल्ने गरिन्छ । कोसी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ ।

तपाईको प्रतिक्रिया

Techie