सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई

काठमाडौं:  सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । नर्वेजियन नोबेल कमिटीले आज भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ । नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग गर्न रोक्ने प्रयास गरेकाले सो सम्मान दिइएको हो । गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए । यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie