सन्दीप लामिछाने सीपीएल खेल्न प्रस्थान

काठमाडौं : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न प्रस्थान गरेका छन् । चार्टड उडानमार्फत उनी सीपीएल खेल्न आज प्रस्थान गरेका हुन् । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर उनी पीपीई लगाएर विमानस्थल पुगेका थिए ।

उनी आज काठमाडौंबाट प्रस्थान गरे पनि आइतबार मात्रै वेष्ट इन्डिज पुग्नेछन् । लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दिप यसपटक जमैका तालावाजबाट खेल्दै छन् ।

तपाईको प्रतिक्रिया

Techie