सन्दीपले होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) काे दशाैँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् । होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । सन्दीपसँगै टी २० का नम्बर वान ब्याट्सम्यान डेविड मालानले पनि हाेबार्टबाट खेल्नेछन् । यस्तै वेष्ट ईन्डिजका अलराउण्डर किमाे पउल पनि हाेबार्टमा अनुबन्धित भएका छन् ।

बीबीएलको नयाँ सिजन आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।

तपाईको प्रतिक्रिया

Techie