सन्दीपले लिए एकै ओभरमा दुई विकेट, टी-२० मा सन्दीपको १०० विकेट पूरा

काठमाडौं : एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले दोस्रो विकेट हात पारेको छ । थाइल्यान्डको बैंककमा मलेसियाविरुद्ध टस हारेर पहिला बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै दुई विकेट दिलाए ।

मलेसियाविरुद्ध तेस्रो ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बल डट राखेका थिए । भने त्यसपछिका लगातार दुई बलमा २ विकेट हात पार्न सफल भए ।

दोस्रो बलमा विरेन्दरदीपलाई आउट गरे । यो विकेटसँगै सन्दीपले टी २० क्रिकेटमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन् । त्यसपछि क्रिजमा आएका कैजर हायातलाई पनि उनले खातानै खोल्न नदिइ पभेलियन पठाएका थिए । ४ ओभरको खेल सकिँदा मलेसियाले २ विकेटमा २१ रन बनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie