सडक दुर्घटना न्युनिकरण गर्न सुदुरपश्चिममा लिडर स्पीड गनको सुरुवात

कैलाली । संघीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सुदुरपश्चिम प्रदेशमा पहिलो पटक लिडर स्पीड गनको सुरुवात गरेको छ । सडक दुर्घटना न्युनिकरणमा टेवा पुग्ने अपेक्षा सहित प्रहरीले अहिले देशका सबै प्रदेशहरुमा गनको सुरुवात गरेको हो ।
लिडर स्पीड गनले सडकमा स्पीडमा रहेका सवारी साधनहरुको स्पीड मापन गर्ने छ । अहिले प्रदेश स्तरमा यो मेसिनको सुरुवात गरेको भएपनि बिस्तारै सबै जिल्लाहरुमा मेसिन प्रयोगमा आउने ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले मेसीन सञ्चालनमा आएपछि दुर्घटना न्युनिकरणमा निकै टेवा पुग्ने बताएको छ । लिडर स्पीड गनले सडकमा गुडिरहेका सवारी साधनको फोटो खिच्दै कति स्पिडमा सवारी चलिरहेको छ त्यस बारे जानकारी दिने उनले बताए ।
सवारी चालकहरुले पनि लिडर स्पीड गनको समर्थन गरेका छन् । उनीहरुले लिडर स्पीड गनको प्रयोग पछि सवारी दुर्घटना कम हुने विश्वास पनि व्यक्त गरेका छन् ।
अहिले तीब्र गतिमा गुडेका सवारी साधनका चालकलाई सम्झाउँदै मेसिनको परीक्षण गर्ने काम भइरहेको छ । त्यस्तै सवारी चालकलाई सम्झाउँदै विस्तारै कारबाही समेत सुरु गरेको ट्राफिक प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

Techie