सडकमा जनआक्रोश : ‘एमसीसी घाउ हो, नेताहरुले भ्रष्टाचार गर्ने दाउ हो’ (फोटोफिचर)

तस्विर : नवीन श्रेष्ठ

काठमाडौं : सरकारको विरोधमा सडकमा जनताको आक्रोश पोखिने क्रम रोकिएको छैन । विभिन्न माग राख्दै दिनहुँजसो उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शनहरु भइरहेका छन् । आज पनि माइतीघरमा विभिन्न माग राख्दै नागरिकहरु सडकमा उत्रिएका छन् ।

संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समितिले माइतीघरमा संयुक्त नागरिक खबरदारी सभा आयोजना गरेको थियो । समितिले एमसीसी, बैंकको व्याज र किस्ता, पीसीआर परीक्षण, सीमा, भ्रष्टाचार, बेथिति एवं राष्ट्रघातकाविरुद्धमा उक्त खबरदारी सभा आयोजना गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘उद्योग धन्दा बेचियो, खोलानाला बेचियो, युवाबर्ग बेचियो, मुलुक बेच्न दिँदैनौं’, ‘सरकार हामीलाई गरी खान देउ’, ‘नागरिक आयोग गठन गर’, ‘एमसीसी घाउ हो, नेताहरुले भ्रष्टाचार गर्ने दाउ हो’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie