सञ्चारमाध्यमको नवीकरण शुल्कमा पूरै छुट

काठमाडौ । सञ्चार माध्यमहरुको नवीकरण शुल्कमा सरकारले छुट दिने निर्णय गरेको छ। कोरोना महामारीले भएको असरका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने व्यवस्था गरिएको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताएका छन्।

तपाईको प्रतिक्रिया

Techie