सक्रिय संक्रमित संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस

काठमाडौं । कोरोना संकमणको सक्रिय संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्न सिफारिस गरिएको छ ।२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उक्त अवस्थामा लकडाउन गर्न सिफारिस गरेको हो ।

सरकारको तथ्यांकअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

यस्तै मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ।

तपाईको प्रतिक्रिया

Techie