संसद विघटनको मुद्दा संवैधानिक इजलासको हेर्दाहेर्दैको पेसीमा

काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ ।

फैसला दिन ढिलाई हुँदा अदालत र इजलासमाथि दबाब र प्रभाव बढ्न सक्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज हेर्दाहेर्दैको पेसी तोकेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमा पक्ष विपक्षका कानून व्यावसायी एवं एमिकस क्यूरीका विज्ञहरुको बहस नोट बुझेपछि अदालतले यो मुद्दालाई हेर्दाहेर्दैको पेसी तोकेको हो ।

मुद्दामा सकेसम्म छिटो फैसला सुनाउने संवैधानिक इजलासको तयारी छ । बढीमा तीन दिनभित्र सर्वोच्चले फैसला सुनाउने अनुमान गरिएको छ ।

पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले सकेसम्म सर्वसम्मत राय बनाउने प्रयास गर्नेछ । त्यसो हुन नसके मत विभाजनको आधारमा फैसला हुनेछ । तीनभन्दा बढी न्यायाधीशको मतका आधारमा फैसला हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए । ओलीको यो कदम असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

९ कार्तिक २०७७, आईतवार १६:१३ ९ कार्तिक २०७७, आईतवार १६:१३

काठमाडौ । पछिल्लो…

२० आश्विन २०७७, मंगलवार ०७:२० २० आश्विन २०७७, मंगलवार ०७:२०

एजेन्सी : विश्व…

१७ भाद्र २०७७, बुधबार १६:३८ १७ भाद्र २०७७, बुधबार १६:३८

काठमाडौं : काठमाडौं…

Techie