संसद पुर्नस्थापना भएपनि समस्या समाधान नहुने :जसपा

काठमाडौ । जनता समाजवादी पार्टी, ‘जसपा’नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुर्नस्थापना भएपनि सत्तारुढ नेकपाको कारण समस्या समाधान नहुने बताएका छन । आइतबार जसपा नेपाल र नेपाल लोकतान्त्रिक पार्टी शिवलाल थापा मगर समूहबीच पार्टी एकिकरण घोषणा कार्यक्रममा अध्यक्ष ठाकुरले संसद पुर्नस्थापनाले मात्रै समस्याको समाधान नहुने बताएका हुन । संसद पुर्नस्थापना भएपनि सत्तारुढ नेकपा कानूनी रुपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उनको जिकिर छ ।
अर्का अध्यक्ष उपेन्द्र यादवले संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दाहरुलाई समाप्त पारी मुलुकलाई पछाडी धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता औल्याए । संसद विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उनको भनाई छ ।
बरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक पटक बदलिएपनि बिचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको बताए । कम्युनिष्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उनको आरोप छ ।
जसपा नेपाल र नेपाल लोकतान्त्रिक पार्टी शिवलाल थापा मगर समूह बीच आइतबार ललितपुरमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको हो ।

तपाईको प्रतिक्रिया

Techie