संसदीय दलको नेताबाट ओली, नेम्वाङलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय

महेश बस्नेतसहित ७ जना निलम्बन

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई, शान्ता चौधरी, , प्रभु शाह र कर्णबहादुर थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ।बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित भएको छ।
पार्टी हित विपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको नेता वर्षमान पुनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Techie