संसदको हिउँदे अधिवेशनबाटै एमसीसी पारित हुने प्रधानमन्त्रीको भनाइ,  अनावश्यक बहस नगर्न आग्रह

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको यसै अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्नी सापकोटालाई बधाई दिँदै प्रधानमन्त्री ओलीले एमसीसीका विषयमा अनाश्यक बहस गर्न आवश्यक नभएको बताएका हुन् । देशको हितमै रहेको भन्दै उनले मुलुकका ६–७ वटा प्रधानमन्त्रीको पालामा पनि पास हुन नसकेको एमसीसी पारित गर्नमा ढिलाइ गर्न नहुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गर्दै अब सरकार र संसदले समय खेर नफाल्ने बताए । ओलीले दलहरुबीच एकता नहुँदा विगतमा प्रतिगामी कदम अगाडि बढेको बताउँदै संसद आग्रह र अनावश्यक बहसमा अल्झिन नहुनेमा जोडसमेत दिए ।
प्रधानमन्त्री ओलीले भ्रमण बर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपुर्वक समाधान गर्ने तयारीमा सरकार लागिपरेको बताए । कानुनको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको भन्दै उनले आग्रह, पुर्वाग्रह र अनावश्यक बहसमा कोही पनि अल्झन नहुने टिप्पणीसमेत गरे ।

तपाईको प्रतिक्रिया

Techie