संवैधानिक निकायमा रिक्त पद पूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं : संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले संवैधानिक निकायहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विभिन्न संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त नहुँदा कार्यसम्पादनमा समस्या देखिएको भन्दै आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको हो ।

महिला, दलितलगायतका आयोगहरू स्थापना भएदेखि पदाधिकारी र सदस्य नियुक्ति नभएका तथा केही आयोगमा अध्यक्ष मात्रै नियुक्त भएको र बाँकी पद रिक्त रहेकाले ती पद पूर्तिका लागि अविलम्ब नियुक्तिको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको समिति सभापति लक्षमणलाल कर्णले जानकारी दिए ।

त्यस्तै बैठकले समानुपातिक र समावेशी रूपमा संवैधानिक र राजनीतिक पदहरूमा हुने नियुक्ति गर्नका लागि आवश्यक कानून बनाउनपनि सरकारलाई निर्देशन दिएको छ । समानुपातिक समावेशी सम्बन्धित संविधानको प्रस्तावना र संविधानको मौलिक अधिकारको धारा ४२ मा गरिएको व्यवस्थाअनुसार विधेयक ल्याउनका लागि निर्देशन दिइएको उनले बताए ।

बैठकमा छलफलका लागि बोलाउँदा पनि प्रधानमन्त्री नआएको भन्दै आगामी बैठकमा उपस्थित हुन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरिएको कर्णले जानकारी दिए ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न कारणले संवैधानिक निकायमा नियुक्त गर्न ढिलाई भएको बताए । प्रधानमन्त्रीले पटक-पटक संवैधानिक परिषद्को बैठक बोलाउँदा पनि कोरम नै नपुग्ने अवस्थासमेत आएकाले पनि नियुक्तीमा ढिलाई भएको हुन सक्ने भन्दै उनले समानुपातिक र समावेशी रुपमा नियुक्त गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेपालमा हुन लागेको चीन र भारतबाट दुई उच्चस्तरीय भ्रमणले छिमेकी देशसँगको सम्बन्ध मजबुद हुने उल्लेख गरे । उनले भ्रमणका क्रममा तीनवटै मुलुक मिलेर जानुपर्ने नेपालको सन्देश हुने र नेपालको अन्य सन्देश नहुने स्पष्ट पारे ।

बैठकमा समिति सदस्यहरुले संवैधानिक निकायको नियुक्तिमा भागबण्डा हुने गरेका कारण नियुक्तीमा ढिलाई भएको बताएका थिए । उनीहरुले छिटो भन्दा छिटो समानुपातिक र समावेशी सिद्धान्तका आधारमाा संवैधानिक आयोगमा नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१० पुष २०७७, शुक्रबार १३:४१ १० पुष २०७७, शुक्रबार १३:४१

काठमाडौं : सत्तारुढ…

२४ जेष्ठ २०७७, शनिबार ०९:०१ २४ जेष्ठ २०७७, शनिबार ०९:०१

काठमाडौं : गण्डकी…

८ भाद्र २०७७, सोमबार ०७:२२ ८ भाद्र २०७७, सोमबार ०७:२२

चितवन : चितवनमा…

Techie