संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं : ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ राष्ट्रिय सभाबाट पनि सर्वसम्मति रुपमा पारित भएको छ । प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिले पारित भएको विधेयक राष्ट्रिय सभामा ३२ गते छलफल गरी संसोधनका लागि दिइएको ७२ घण्टाको समय सकिएकाले राष्ट्रियसभाबाट बिहीबार पारित गरिएको हो ।

विधेयक पारित गर्न भएको मतबिभाजनको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा शुन्य मत परेको थियो । पारित गर्ने क्रममा दफावार छलफल भएको थियो भने छलफलपछि दस्तखत सहितको मत विभाजन भएको थियो । मतविभाजनबाट नेपालको संविधान दोश्रो संशोधन विधेयकको सर्वसम्मतिबाट पारित भएको रााष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका थिए ।

सरकारले लिपुलेक–लिम्पियाधुरासहितको भू–भाग समेटेर जारी गरेको नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संविधान संसोधन विधेयक संसदमा प्रस्तुत गरेको थियो । यसअघि गत शनिबार प्रतिनिधि सभाको बैठकले संशोधन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie