संयुक्त राष्ट्रसंघको ७६ औं महासभा न्युयोर्कमा सुरु 

हासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अझै टुंगो लागेन

संयुक्त राष्ट्रसंघको ७६ औं महासभा मंगलबार राति न्युयोर्कमा सुरु भएको छरु। महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको टुंगो अझै लाग्न सकेको छैनरु। परराष्ट्र मन्त्रालयले प्रतिनिधिमण्डलबारे गृहकार्य भइरहेको उल्लेख गरे पनि कसको नेतृत्वमा को–को जाने भन्नेबारे निक्र्यौल भएको छैन । परराष्ट्र मन्त्रालय सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट निर्णय वा निर्देशन नगर्दा अलमल भएको एक अधिकारीले बताएरु। देउवाले महासभामा भाग लिन आफू नजाने प्रस्ट पारिसकेका छन् तर उनले नेपालको नेतृत्व कसले गर्ने भन्ने निर्णय दिएका छैनन् रु। परराष्ट्र प्रवक्ता सेवा लम्सालले महासभामा जानका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताइनरु। स्रोतका अनुसार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की वा परराष्ट्र सचिवबाट मुख्यसचिव बनेका शंकरदास वैरागी वा परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली टोली पठाउने सम्भावना छरु। १ सय ९३ मुलुकको सहभागिता रहेको ‘ग्लोबल’ संस्था राष्ट्रसंघको महासभा मंगलबार सुरु भए पनि उच्चस्तरीय छलफल असोज ५ बाट हुनेछरु। नेपालले जलवायु परिवर्तन, कोभिड–१९ विरुद्धको खोपमा भएको असमान वितरणलगायत विषयमा धारणा राख्ने तयारी छरु।

तपाईको प्रतिक्रिया

Techie