संखुवासभामा पहिरोले ८ घर बगायो

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो जाँदा आठ घर बगाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । ११ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकालाई पहिरोले बगाएर बेपत्ता पारिएको हुन सक्ने अनुमान गरिएको छ ।

सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा भीम बहादुर राईसहित आठ वटा घर पहिरोमा परेका हुन् । तीन जनाको जीवितै उद्घार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्दछ । प्रभावित क्षेत्रमा सदरमुकाम खाँदबारीमा सशस्त्र र नेपाली सेनाको टोली उद्धारका लागि पठाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१ माघ २०७७, बिहीबार ०७:४२ १ माघ २०७७, बिहीबार ०७:४२

काठमाडौं : प्रत्येक…

५ असार २०७७, शुक्रबार १६:३७ ५ असार २०७७, शुक्रबार १६:३७

 काठमाडौं । स्वास्थ्य…

२३ माघ २०७७, शुक्रबार ०८:०८ २३ माघ २०७७, शुक्रबार ०८:०८

काठमाडौं : केपी…

Techie