नेपालमा संक्रमित संख्या ३० पुग्यो, एकै दिन १४ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १२ जना उदयपुरमा रहेका हुन् भने दुईजना चितवनका रहेका छन् ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा  बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए ।

भुल्केस्थित मस्जिदमा  केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक जानकारी दिएको छैन ।

तपाईको प्रतिक्रिया

Techie