संक्रमितको संख्या बढेपछि क्याम्पसलाई बनाइयो आइसोलेसन

काठमाडौ । कोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि मोरङको रंगेलीमा रहेको जनता क्याम्पसलाई आईसोलेसनको रुपमा रुपान्तरण गरिएको छ । चैत्र महिनादेखि क्वारेन्टिन बनाइएको क्याम्पसलाई आइसोलेसनका प्रयोग गर्न थालिएको हो । क्याम्पसमा एक सय सैयाको आइसोलेसन निर्माण गरिएको हो । आइसोलेसनमा संक्रमण पुष्टि भएका छ महिला सहित २८ जनालाई राखिएको छ । स्वास्थ्य सामाग्री सहित स्वास्थ्य परामर्शका रंगेली अस्पताल मेडिकल सुपरिटेन्डेन्ट रोहिन्द्र पाण्डे सहित दुईजना स्वास्थ्यकर्मी समेत आइसोलेसनमा खटाइएको छ । सुरक्षा सतकर्ता र मापदण्ड अनुसारका स्वास्थ्य सामाग्री पनि उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
बाइट दिलिपकुमार बगडिया प्रमुख, रंगेली नगरपालिका
रंगेलीमा हालसम्म ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतवाट फर्केकी एक महिलावाट परिवारका १४ जनामा संक्रमण पुष्टि भएपछि रंगेलीमा त्रास बढेको छ । संक्रमण बढेपछि नगरपालिकाले भदौ २ सम्मका लागि बडा नम्बर ७, ८ र ९ पुर्ण रुपमा सिल गरिएको छ । बाँकी बडाहरु लकडाउन लागू गरिएको छ ।।

तपाईको प्रतिक्रिया

Techie