श्री भगवती क्लबद्वारा झम्सिखेल युथ क्लब ३–२ गोलले पराजित

काठमाडौंः सहिद स्मारक बी डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । आज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा श्री भगवतीलाई जित दिलाउन आशिष श्रेष्ठ, नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गरे । झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले एक एक गोल फर्काए । भगवतीका लागि आशिषले ११औँ, नवराजले ५६औँ र मोहनले ८२ औं मिनेटमा गोल गरे । झम्सिखेलका लागि मदनले ३२औँ र अनिशले ६८औँ मिनेटमा एक–एक गोल फर्काए । जितसँगै ९ खेलबाट ९ अंक जोडेको श्री भगवती लिगको आठौं स्थानमा उक्लिएको छ । ९ खेलमा ६ अंक जोडेको झम्सिखेल लिगको ११औ स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie