दुर्घटनाग्रस्त श्रीविजाया विमानको अवशेष पानीको सतहमुनि फेला

काठमाडौ । इन्डोनेसियामा शनिवार भएको श्रीविजाया एयरको विमान दुर्घटनास्थल पत्ता लागेको छ । इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका हुन । सेना समेतको सहयोगमा गोताखोरहरुले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका हुन । विमानको भ्वाइस तथा डाटा रेकर्डरको भने खोजी भैरहेको छ । जकार्ताबाट उडेको सो यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्य सहित ६२ जना सवार थिए । विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मृतकप्रति गहिरो समवेदना व्यक्त गरेका छन । सो विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको थियो । विमानमा सवार सबै व्यक्ति इन्डोनेसियाली रहेका थिए २७ बर्ष पुरानो बिमानमा ५० यात्रु र चालक दलका १२ सदस्य थिए । तिमध्ये १० जना बालबालिका थिए । दुर्घटनामा परेको विमान सेभेन थ्रि सेभेन म्याक्स भने होइन । म्याक्स लगातार दुर्घटनाका कारण धेरै देशमा ग्राउण्डेड छ ।

तपाईको प्रतिक्रिया

Techie