श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ

पर्वत- श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा बिहादी गाउँपालिका–१ बाच्छाको क्युडाँडाका लालबहादुर सार्की रहेका छन् । उनले गत असार चार गते मादक पदार्थ सेवन गरी ३६ वर्षिया श्रीमती तारा नेपालीलाई कोदालोले कुटपिट गरी गम्भीर घाइते बनाएको र ताराको मृत्यु असार सात गते भएको प्रहरीले बताएको छ । घट्नाको बारेमा प्रहरीमा ढिला गरी सूचना प्राप्त भएपछि प्रहरी चौकी बाच्छाको टोली भने सूचना पाउँदासाथ घटनास्थलमै पुगेर लालबहादुरलाई पक्राउ गरेको हो । उनलाई सोही दिन नै जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा ल्याएर राखिएको छ ।

मृतकको भाइ जित बहादुर नेपालीले किटानी जाहेरी दिएपछि सार्कीको विरुद्धमा ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।पर्वत जिल्ला अदालतबाट सुरुमा सात दिनको म्याद थप गरेर उनको बारेमा उनको बारेमा अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Techie