शेयर बजारमा दोहोरो अंकले गिरावट 

नेप्से ३३ अंकले घटेर २५ सयभन्दा तल 

काठमाडौ । सेयर बजारमा आइतबार दोहोरो अंकले गिरावट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ । आज २०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ओरालो लागेको बजारमा बैंकिङ समूह २०, ब्यापार समूह २३, होटल समूह २५, विकास बैंक समूह १० अंकले घटेको छ । त्यस्तै जलविद्युत समूह २३, फाइनान्स समूह ११, निर्जीवन बीमा समूह ७७, उत्पादन समूह ४४, लुघवित्त समूह ७८, जीवन बीमा समूह २३३ र अन्य समूहमा ४५ अंकले गिरावट आएको छ । आजबाट मात्रै कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् । कारोबार शुरु भएकै दिन यसको सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ७४ रुपैयाँ पुगेको छ । पहिलो कारोबार ३४० रुपैयाँमा भएको थियो । सबैभन्दा बढी नेको इन्स्योरेन्सको ५२ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

Techie