शेयर बजारमा दोहोरो अंकले गिरावट

काठमाडौ । लगातार पाँच दिनदेखि बढेको शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय ७ दशमलव ६७ अंकमा बन्द भएको छ । आज नेप्सेमा हाइड्रोपावर र अन्य समूहबाहेक सबै उपसूचक घटेका छन् । बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ उपसूचक नै २ दशमलव ७२ प्रतिशत र विकास बैंकको उपसूचक २ दशमलव ३५ प्रतिशतले घटेको छ । आज जलविद्युत उपसूचक २ दशमलव २६ प्रतिशत र अन्य उपसूचक १ दशमलव २९ प्रतिशतले बढेको छ । त्यसबाहेक व्यापार उपसूचक ३ दशमलव ०२ प्रतिशत र जीवन बिमा उपसूचक १ दशमलव ९४ प्रतिशतले घटेको छ भने वित्त कम्पनी, लघुवित्त र होटेल उपसूचक पनि १ प्रतिशतमाथिले गिरावट आएको छ । बजार परिसूचक १ प्रतिशतमाथिले घटे पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोसी र चन्द्रागिरि हिल्ससहित ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा आज ७८ हजार ८५८ कारोबारमा २०७ कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४० करोड ६३ लाख ११ हजारको कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एशिया बैंकको २८ करोड २४ लाख ७५ हजारको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

Techie