शिवम् सिमेन्ट्सले नगद लाभांश दिने

काठमाडौँ : शिवम् सिमेन्ट्सले शेयरधनीहरुलाई २४.२१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०७६/७७ को नाफाबाट लाभांश रकममा लाग्ने करसहित २४.२१ अर्थात १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो लाभांश शेयरधनीहरुले कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

Techie