व्यवहारीक ज्ञान सिकाउने उद्धेश्यले एग्रोकल्चरल सेन्टर संचालनमा (भिडियो सहित)

आगामी पूस्तालाई मौलिकता बारे जानकारी दिन सेन्टर संचालन

काठमाडौं । पाँच जना युवाको समुहले काठमाडौको गोठाटारमा एकादेशमा एग्रोकल्चर सेन्टर संचालन गरेका छन । बालबालिकाले आफनो मौलिकतालाई नजिकबाट अवलोकन गर्न पाउन भन्ने उद्देश्य राखी सेन्टर सञ्चालन गरिएको संस्थापकहरुले बताएका छन् । आधुनिकताका साथै प्रविधिको विकाशसंगै मौलिकता हराउदै गएपछि आगामी पूस्तालाई मौलिकता बारे जानकारी दिन सेन्टर खोलेको संस्थापकहरुले बताएका हुन् ।

सेन्टरमा ब्रहमाण्डका साथै नेपालको भुगोल, नेपालको मौलिक तथा परम्परागत लोकबाजा, भेषभुषा, प्रख्यात बस्तुहरु, विभिन्न सुचक चिन्ह र बातावरण मैत्री सामग्रीहरु राखिएको छ । आफनो भुगोल, इतिहासका साथै धर्म, संस्कृति र रितिरिवाजलाई नजिकबाट हेर्न पाउदा विद्यार्थीहरु पनि लाभान्वित भएका छन ।

बालबालिकाहरुको वौद्धिक विकाशका लागि युवा बर्गले गरेको यो प्रयास अत्यन्तै राम्रो भएपनि यस्ता संस्था खोल्नका लागि सरकारको सहयोग अत्यन्तै महत्वपुर्ण हुने अवलोकनकर्ताहरुले बताएका छन ।

सेन्टर अवलोकनका लागि प्रति विद्यार्थी ३५० रुपैँया टिकट दर तोकिएको छ । एग्रोकल्चरल सेन्टरको अवलोकनले विद्यार्थीहरुको बौद्धिक विकाशमा थप सहयोग पुग्ने अवलोकनमा आएका विद्यार्थीहरुले बताए ।

२०७६ सालमा सानो लगानीमा पाँचजना युवाहरुको पहलमा सञ्चालित यो सेन्टर निश्चित रुपमा उदाहरणिय छ । तर, युवाहरुको एक्लो प्रयास मात्र उद्देश्य पुरा हुन भने कठिन देखिएको छ ।

हेर्नुहोस् भिडियो

 

 

तपाईको प्रतिक्रिया

Techie