वीर अस्पतालका स्वास्थ्यकर्मी ३१ दिनदेखि आन्दोलनमा

काठमाडौं:  वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१ औं दिन पनि जारी छ । स्वास्थ्यकर्मीहरुले कोभिड भत्ता समयमै दिनुपर्ने, खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने र तलब समयमा उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन । उनीहरुले सरकार कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गरिरहेको आरोप समेत लगाएका छन ।

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधा समेत पदाधिकारीहरुले नदिएको आरोप लगाउँदै आएका छन् ।

चिकित्सकहरुले विरामीहरुको उपचारसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडी बढाएको छ । आफ्ना माग पुरा नभए बिहीबारबाट थप कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

तपाईको प्रतिक्रिया

Techie