वीरेन्द्रको निजी आवासगृह अवलोकनका लागि खुल्ला

काठमाडौ । तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आइतबारदेखि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले श्रीसदनको उद्घाटन गरेसंंगै आइतबारबाट नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीपेच लगायतका अन्य भवन सङ्ग्रहालयको आकर्षणको केन्द्र रहेको र अध्ययनका लागि पनि उपयुक्त हुने जनाएको छ ।
दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक क्षेत्रमा अझै पुननिर्माणको कार्य जारी रहेको छ । सङ्ग्रहालय प्रवेशका लागि नेपाली नागरीकका लागि दुई सय बिद्यार्थीका लागि ५० , चीन र सार्क राष्ट्रका नागरिकलाई ५ सय र अन्यलाई रु एक हजार शुल्क कायम गरिएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie