वीएण्डसीले विपन्न परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने

झापा। आर्थिक अभावकै कारण सरकारले लागु गरेको स्वास्थ्य विमा कार्यक्रममा सबै विपन्न नागरिकको पहुँच पुग्न नसकिइरहेको अवस्थामा झापाको बिर्तामोडमा रहेको एउटा निजी अस्पताल वीएण्डसीले विपन्न परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ । आर्थिक अभावकै कारण उपचार नपाएर रोग पाल्नुपर्ने बाध्यतामा रहेका विपन्न समुदायका एक सय परिवारलाई अस्पतालले निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।

आर्थिक अभावकै कारण सरकारले लागु गरेको स्वास्थ्य विमा कार्यक्रममा सबै विपन्न नागरिकको पहुँच पुग्न नसकिइरहेको भन्दै झापाको बिर्तामोडमा रहेको वीएण्डसी अस्पतालले विपन्न परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने भएको हो ।

आर्थिक अभावकै कारण उपचार नपाएर रोग पाल्नुपर्ने बाध्यतामा रहेका एक सय विपन्न समुदायका परिवारलाई अस्पतालले निशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको हो ।
विपन्न समुदायका नागरिक अझै पनि स्वास्थ्य सेवाबाट बञ्चित रहेको भन्दै वीएण्डसी अस्पतालले पहिलो चरणमा एक सय विपन्न परिवारको स्वास्थ्य विमा गरिदिने जनाएको छ ।

६ सय करोडभन्दा बढी लगानी गरेर स्थापना गरिएको बीएण्डसी अस्पतालले सामाजिक तथा मानवीय उत्तरदायित्व वहन गर्दै यस अघि पनि सयांैं गरिब तथा विपन्न नागरिकलाई निशुल्क उपचार गरिसकेको जनाएको छ । अस्पतालले सामाजिक तथा मानवीय उत्तरदायित्व अन्तरर्गत झापाका लोपोन्मुख र विपन्न समुदायका नागरिक अझै पनि स्वास्थ्य सेवाबाट बञ्चित भइरहेको पाइएकाले उनीहरुको लागि स्वास्थ्य विमा गरिदिने जनाएको हो । सञ्चारकर्मी मार्फत सिफारिस भईआएका विपन्न नागरिकलाई मात्रै बीमा सुविधा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

सञ्चारकर्मीमार्फत सिफारिस भएका विपन्न नागरिकको पहिचानका लागि घर घरमै दर्ता सहयोगी पठाउने अस्पतालले जनाएको छ । अस्पतालका तर्फबाट स्वास्थ्य बीमाबापत प्रतिपरिवार ३ हजार ५ सयका दरले सरकारलाई रकम बुझाउने अस्पतालले जनाएको छ ।
झापामा २०७४ असोज २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागु भएको स्वास्थ्य बिमा बोडले जनाएको छ । जिल्लाका १५ वटै स्थानीय तहका४ लाख ५० हजारबढी बिमितले स्वास्थ्य बिमा गरेको बोर्डले जनाएको छ ।

हेर्नुहोस् भिडियो

 

तपाईको प्रतिक्रिया

Techie