विश्व सुन्दरी टोनी एन सिंह भोलि नेपाल आउने

 

काठमाडौ । २०१९ को विश्व सुन्दरी टोनी एन सिंह सहित मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस तीनदिने भ्रमणका लागि बिहीबार नेपाल आउँदै छिन्।

आफ्नो २५औं वार्षिकोत्सवमा हिडन ट्रेजरले भिजिट नेपाल २०२० को पनि अवसर पारेर मिस वर्ल्ड टोलीलाई नेपाल भ्रमणको निम्तो दिएको थियो। नेपाल भ्रमण क्रममा टोनी एन सिंहको टोली अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु र अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने कार्यक्रम रहेको हिडन ट्रेजरले विज्ञप्तिमा जारी गरेको छ।

यो भ्रमणमा मिस वर्ल्ड संस्थाको टोलीले नेपालमा मिस वर्ल्ड कार्यक्रम आयोजना गर्ने सम्भावनाहरू पनि हेर्ने हिडन ट्रेजरले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया

Techie