विश्वभर रहेका कोरोना संक्रमित नेपाली मध्ये ९१ प्रतिशत कोरोनामुक्त

काठमाडौ । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न ४५ मुलुकमा रहेका ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन । यो संख्या कोरोना संक्रमित हुनेको ९१ प्रतिशत हो । अहिलेसम्म विभिन्न मुलुकमा रहेका ४६ हजार ५ सय ७८ जना कोरोना संक्रमित भएका छन । कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना नेपालीको कोरोना संक्रमणका कारणले मृत्यु भएको छ । समितिका अनुसार कोरोना भाइरसका कारणले हाल सम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना र यस्तै बेलायतमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको छ । यो साता स्पेन, बेलायत, यस्तै युएई, कतार, साउदी अरब र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ ।

तपाईको प्रतिक्रिया

Techie