विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ३ लाख २५ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । संक्रमणबाट ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ हजार ५ सय नाघेको छ । अमेरिकामा १५ लाख ७१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । रुसमा संक्रमितको संख्या तीन लाख ८ हजार नाघेको छ भने दुई हजार ९ सय ७२ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा पनि संक्रमण तीव्र रुपमा फैलिएको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ७१ हजार नाघेको छ भने १७ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेको छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट बेलायतमा ३५ हजार ३ सय, इटलीमा ३२ हजार १ सय, स्पेनमा २७ हजार ७ सय र फ्रान्समा २८ हजारभन्दा बढीको ज्यान गइसकेको छ । विश्वभर १९ लाख ७५ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Techie