विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ४२ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ४२ हजार नाघेको छ । केही दिनयता दैनिक दुई लाखको हाराहारीमा संक्रमित थपिँदै गएका छन । विश्वभर कोरोना संक्रमणको कारण ८ लाख २२ हजार ५ सय भन्दा बढीको मृत्यु भैसकेको छ । मृत्यु हुनेको संख्या अमेरिका र ब्राजिलका धेरै छ । अमेरिकामा संक्रमितको संख्या ५९ लाख ५४ हजार भन्दा बढी संक्रमित छन । मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ३ सय ८४ पुगेको छ । हिजो एकै दिन १ हजार २ सय ७० जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा मृत्यु हुनेको संंख्या १ लाख १६ हजार ६ सय नाघेको छ । हिजो एकै दिन त्यहा १ हजार २ सय १५ जनाको मृत्यु भएको छ । भारतमा पनि मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । आज विहानसम्म भारतमा ५९ हजार ६ सय १२ जनाको मृत्यु भएको छ । भारतमा एकै दिन १ हजार ६६ जनाले ज्यान गुमाएका छन । भारतमा संक्रमितको संख्या ३२ लाख ३१ हजार ७ सय ५४ पुगेको छ । हिजो एकै दिन भारतमा ६६ हजार ८ सय ७३ संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वमा पाँच हजार ८ सय २७ जनाले ज्यान गुमाएका छन ।

तपाईको प्रतिक्रिया

Techie