विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९८ लाख नाघ्यो

एजेन्सी। विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९८ लाख नाघेको छ । संक्रमणबाट ७ लाख २९ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । संक्रमतिको सुचिमा पहिलो नम्बरमा रहेको अमेरिकामा संक्रमितको संख्या ५१ लाख ४९ हजार नाघेको छ । त्यहाँ १ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा संक्रमितको संख्या ३० लाख १३ हजार नाघेको छ । भारतमा एकै दिन ६५ हजार १ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या भारतमा कोरोना संक्रमण देखिएयताकै सबैभन्दा बढी हो । संक्रमणको कारण भारतमा एकै दिन आठ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म संक्रमितको संख्या २१ लाख ५२ हजार नाघेको छ भने मृतकको संख्या ४३ हजार चार सय कटेको छ । संक्रमणबाट ब्राजिलमा १ लाख ५ सयभन्दा बढीको मृत्यु भएको छ । रुसमा १४ हजार ८ सय, दक्षिण अफ्रिकामा ९ हजार ९ सय र मेक्सिकोमा ५१ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी निको भएका छन् । निको हुनेको संख्या १ करोड २६ लाख ३२ हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

Techie