विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ६० लाख नजिक

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५९ लाख ८४ हजार नाघेको छ । संक्रमणका कारण छ लाख ४३ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या ४२ लाख ४९ हजार नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ४८ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा २३ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ ८५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १३ ल ाख ५१ हजार नाघेको छ भने ३१ हजार पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन् । मेक्सिकोमा ४२ हजार ६ सय, पेरुमा १७ हजार ८ सय, चिलिमा ८ हजार ९ सय र पाकिस्तानमा ५ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी निको भएका छन् । निको हुनेको संख्या ९७ लाख ७३ हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

Techie