विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २९ लाख नजिक, ७५ लाख निको भए

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड २८ लाख ३५ हजार नाघेको छ । संक्रमणका कारण पाँच लाख ६७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा संक्रमित हुनेको संख्या ३३ लाख ५५ हजार नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ३७ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा १८ लाख ४० हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ ७१ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ८ लाख ५० हजार नाघेको छ भने २२ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । मेक्सिकोमा ३४ हजार, पेरुमा ११ हजार ६ सय, चिलिमा ६ हजार ८ सय र पाकिस्तानमा ५ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएका छन् । निको हुनेको संख्या ७४ लाख ७५ हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

Techie