विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघ्यो

निको हुनेको संख्या ७१ लाख

काठमाडौ । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । संक्रमणको कारण पाँच लाख ५२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा संक्रमित हुनेको संख्या ३१ लाख ५९ नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ३४ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा १७ लाख १९ हजार भन्दा बढी संक्रमित भएका छन । त्यहाँ ६८ हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ७ लाख ७१ हजार नाघेको छ भने २१ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । मेक्सिकोमा ३२ हजार ७ सय, पेरुमा ११ हजार १ सय, चिलिमा ६ हजार ५ सय र पाकिस्तानमा ४ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएका छन् । निको हुनेको संख्या ७० लाख ९७ हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

Techie