विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १२ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमित हुनेको संख्या बढदो क्रममा देखिएको छ । पछिल्लो एक दिनमा विश्वभर २ लाख ७ हजार ७ सय १६ जना नयाँ संक्रमित थपिएका छन । ५ हजार १ सय ३७ जनाको संक्रमणवाट मृत्यु भएको छ । अमेरिकामा एकै दिन ६ सय १६ जनाको मृत्यु भएको छ भने ५५ हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा मृतकको संख्या १ लाख ३२ हजार १ सय १२ पुगेको छ । संक्रमितको संख्या २८ लाख ९१ हजार नाघेको छ । ब्राजिलमा ४१ हजार ९ सय ८८ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ६३ हजार २ सय ९५ र संक्रमितको संख्या १५ लाख ४५ हजार नाघेको छ । रुपमा पनि ६ हजार ७ सय १८ जना नयाँ संक्रमित थपिएका छन । अहिलेसम्म भाइरसका संक्रमितमध्ये १० हजार २७ जनाको मृत्यु भएको छ । छ लाख ७४ हजारमा संक्रमण देखिएको छ । संक्रमित मुलुकको चौथो सुचिमा रहेको भारतमा एकदिनमा ४ सय ४४ जनाको मृत्यु भएको छ । २२ हजार ७ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट १८ हजार ६ सय ६९ जनाको ज्यान गइसकेको छ । ६ लाख ५० हजार ४ सय ३ १जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी मेक्सिकोमा ६ सय ७९, पेरुमा एक सय ८१, चिलीमा एक सय ३१ र दक्षिण अफ्रिकामा एक सय आठ, कोलाम्बियामा एक सय जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २९ हजार ६ सय १ पुगेको छ । १ करोड १२ लाख १९ हजार ६ सय ९६ जना संक्रमित पुगेका छन । संक्रमण देखिएकामध्ये ६३ लाख ६३ हजार ६ सय ९६ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie