विश्वभर कोरोना संक्रमितको संख्या ८८ लाख नजिक, चार लाख ६३ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८८ लाख नाघेको छ । संक्रमणबाट ४ लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २२ लाख ९८ हजार नाघेको छ । त्यहाँ १ लाख २१ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या १० लाख ३८ हजार नाघेको छ भने ४९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या ५ लाख ७६ हजार नाघेको छ भने ८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एसियाली मुलुक भारतमा संक्रमितको संख्या तीन लाख ९६ हजार नाघेको छ । त्यहाँ १२ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ४२ हजार ४ सय, इटलीमा ३४ हजार ५ सय, स्पेनमा २८ हजार ३ सय र फ्रान्समा २९ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ४६ लाख ५३ हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

Techie